Logo बैशाख २८, २०७८ मंगलबार


पूर्वमन्त्री अधिकारीकाे स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना

काठमाडाैं । फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवङ्गत हुनुभएको थियो । यो दिनलाई स्मरण गर्दै आज स्व अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी उहाँको योगदानको स्मरण गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ट्वीटमार्फत दिवङ्गत हुनुभएका अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेको छ । क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दुर्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ठ व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्नुभएको छ ।

विसं २०७५ फागुन १५ गते ताप्लेजुङ्को फुङ्लिङस्थित सिस्नेभिरमा घटेको दुःखद् हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री स्व अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ठ व्यक्तिको निधन भएको थियो । एयर डाइनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकप्टर तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नपाको तारेडुङ्गा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…