Logo जेठ ३, २०७८ सोमबार


कराते खेलाडी श्रेष्ठ सम्मानित

काठमाडाैं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन्।

सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् ।

मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा चुच्चेपाटीस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा मन्डेसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई सम्मान गरिएको हो । सो अवसरमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र राजेन्द्र लुइतेललाई पनि सम्मान गरिएको थियो ।

उनीहहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मनास्लुका अध्यक्ष गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच खादा, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

अध्यक्ष लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जानकारी दिनुभयाे । उहाँले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…