Logo बैशाख ७, २०७८ मंगलबार


चिन्ता प्रतिगमनविरुद्ध बहुमतकाे हो, सत्ताका लागि होइन : डा. पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डा. विजय पौडेलले सत्ताका लागि बहुमत पुग्ने नपुग्ने कुरा चिन्ताको विषय नभएको बताउनुभएको छ । बानेश्वरस्थित जनता टेलिभिजनको हलमा आयोजित पुस्तक परिचर्चा कार्यक्रममा जनता सञ्चारगृहका अध्यक्ष समेत रहनुभएका डा.पौडेलले चिन्ताको विषय सत्ताका लागि बहुमत पुग्छ कि पुग्दैन भन्ने नभएर प्रतिगमनका विरुद्ध बहुमत पुर्याउने भएको बताउनुभएको हो ।

सत्ता प्राप्ति वा कुन पक्षकाे प्रधानमन्त्री बन्ने कुरा गाैण भएकाे बताउँदै डा. पाैडेलले भन्नुभयो, ‘कुन पक्षको प्रधानमन्त्री बन्ने भन्ने कुरा होइन, प्रतिगमनको पक्षमा लाग्ने कि नलाग्ने भन्ने कुरा हो । हामीले चिन्ता गर्नुपर्ने प्रतिगमनका विरुद्धमा बहुमत पुग्छ कि पुग्दैन भनेर हो सत्ताका लागि बहुमत पुर्याउन लाग्ने होइन ।’

डा. पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी लगाउनु भन्दा देशकाे विकास निर्माणमा खर्च गर्नु पर्ने बताउँदै कम्युनिष्ट प्रधानमन्त्रीले जलहरी राख्ने काम ठिक नभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे , ‘पशुपतिको पण्डित लगायतले चाँदीकै जलहरी ठिक छ भनिरहँदा पनि राष्ट्र प्रमुखले राज्यको कोषबाट २५-३० वटा पुल बनाउन पुग्ने, जनताको शिक्षा स्वास्थ्यमा खर्च गर्न सकिने रकम जलहरीमा लगाउनुभएकाे छ ।’

प्रधानमन्त्रीको यस्ताे पतनलाई ताली ठोक्ने समुदायको जिम्मेवारी आफूहरु नै भएको भन्दै उहाँले यस किसिमको भ्रष्ट चेतनालाई परिवर्तन गर्न आफूहरुले सानो प्रयास गरेको बताउनुभयो । उहाँले चेतनामा परिवर्तन ल्याउनकै लागि जनता सञ्चारगृहद्वारा आज मात्र सार्वजनिक भएका पुस्तकहरु ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ र ‘जनता’ सबैले पढ्नु पर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।