Logo बैशाख ७, २०७८ मंगलबार


जनता सञ्चार गृहद्वारा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं । जनता सञ्चार गृहले पुस्तक परिचर्चा कार्यक्रमकाे आयाेजना गरेकाे छ । सञ्चार गृहले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनको सभा हलमा शनिबार पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न गरेकाे हो ।

कार्यक्रममा गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ र लेखक कृष्ण केसीद्वारा लिखित पुस्तक ‘जनता’ को सार्वजनिकसहित परिचर्चा गरिएको हाे। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा नेता घनश्याम भुसाल र नेकपा नेता पम्फा भुसालले पुस्तकको परिचर्चा गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले युवा, प्रौढ र वृद्ध तीन वटै उमेर समूहको समुचित सन्तुलनसहितको पार्टी चाहिने बताउनुभयो । उहाँले नेतृत्व चाँहि सही ज्ञान हासिल गरेको र त्यसलाई कार्यान्वयन गर्ने क्षमता भएको व्यक्तिले गर्नुपर्ने बताउनुभयो । उहाँले कसैलाई नेतृत्व गर भनेर उभ्याइदिँदैनमा उसले गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले कवुल गर्ने मानिस छन्, संविधान पनि छ तर ज्ञानका मामलामा नै समाज बिग्रिएको बताउनुभयो । उहाँले माथिल्लो स्तरदेखि स्थानीय तहसम्म एजेण्डा राख्दा समाजवादका बारेमा उल्लेख गरेर मानिसको सोचाइको स्तरमा परिवर्तन ल्याउनु पर्ने विचार व्यक्त गर्नुभयाे ।

नेकपाका केन्द्रीय सदस्य तथा जनता सञ्चार गृहका अध्यक्ष डा. विजयकुमार पौडेलले समाजमा देखिएका भ्रष्ट मानसिकताको जवाफदेहि आफूहरू नै भएको भन्दै त्यसका लागि आफूहरूले प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले चेतनामा परिवर्तन ल्याउनकै लागि जनता सञ्चार गृहद्वारा आज सार्वजनिक भएका पुस्तकहरु ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ र ‘जनता’ सबैले पढ्नु पर्नेमा जोड दिनुभयो।

त्यसैगरी, नेकपा नेता पम्फा भुसालले युवा, प्रौढ र अनुभवशील नेता भएको पार्टी मात्र परिपक्क हुने धारणा व्यक्त गर्नुभयो । उहाँले ‘जनता’ पुस्तकका लेखक कृष्ण केसीको प्रशंसासहित पुस्तक केही आत्म केन्द्रीत, केही भावनात्मक र समग्रमा जनता केन्द्रित विचार अभिवक्त भएको बताउनुभयो ।

लेखक गोपीरमण उपाध्यायले आफ्नो पुस्तक ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरु’ बारे बोल्दै कम्युनिष्ट आन्दोलनमा आएका वैचारिक र सैद्धान्तिक समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने प्रश्न समेत राख्नुभयो । उहाँले भन्नुभयाे, ‘यस प्रश्नको जवाफ नदिएसम्म अन्य कुनै पनि कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन ।’

त्यसैगरी, लेखक कृष्ण केसीले आफ्नो पुस्तक ‘जनता’ का बारेमा बोल्दै राजनीतिक विषयमा पनि नेताहरुलाई सुझाव दिनुभयो । उहाँले केपी ओली, ज्ञानेन्द्रदेखि ठूला ठूला नेता खाल्डोमा परेको भन्दै अबका नेतृत्वहरु कुनै ठाउँ चुक्न नहुने र जसरी पनि समाजवादको चुचुरोमा पुग्नु पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।