Logo बैशाख ७, २०७८ मंगलबार


सवाल युवा र वृद्धको होइन, ज्ञानको हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे छ । नयाँ बानेश्वरस्थित जनता टेलिभिजनको हलमा शनिबार आयोजित पुस्तक परिचर्चा कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष दाहालले जुनुसुकै उमेर समूह भएपनि अज्ञानताले जनताको सेवा नहुने बताउनुभएको हो ।

युवाकाे जाेश र जाँगर तथा वृद्धका अनुभवकाे संयाेजनबाट नै समाजमा गति प्रदान भइरहेकाे बताउँदै अध्यक्ष दाहालले भन्नुभयाे, ‘सवाल युवा, प्रौढ वा वृद्धको होइन, ज्ञानको हो । युवा, प्रौढ र वृद्ध यी तिनवटै समूह मिलेर समाजमा गति आइरहेको हुन्छ । युवाको भौतिक तागत नभए पनि समाज चल्दैन । वृद्धको अनुभव र परिपक्कता भएन भने पनि समाज ठिक ढंगले चल्दैन र समाज चल्न प्रौढको क्षमताको पनि आवश्यकता पर्छ ।’

अध्यक्ष दाहालले युवा, प्रौढ र वृद्ध तीन वटै उमेर समूहको समुचित सन्तुलनसहितको पार्टी चाहिने तर लिड चाँहि सही ज्ञान हासिल गरेको र त्यसलाई कार्यान्वयन गर्ने क्षमता भएका व्यक्तिले गर्नुपर्ने बताउनुभयो । उहाँले कसैलाई नेतृत्व गर भनेर उभ्याइ दिँदैनमा उसले गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाेपीरमण उपाध्यायद्वारा लिखित ‘राजनीतिक ज्ञान र शिक्षाका आधारहरू’ तथा कृष्ण केसीद्वारा लिखित पुस्तक ‘जनता’ काे सार्वजनिकीकरण गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।