Logo बैशाख ७, २०७८ मंगलबार


शहीद स्मारक ‘बी’ डिभिजन लिगका दुई खेल गोलरहित बराबरी

काठमाडाैं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शनिबार भएका दुई खेल गोलरहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री भगवती क्लबसँग र तालिकाको तेस्रो स्थानमा रहेको बाँसबारी क्लब श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिएका हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्तिले सदुपयोग गर्न सकेन ।

७ खेलबाट ७ अंक जोडेको श्री कुमारी क्लबसँग बराबरी रोकिँदा बासँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको हो । बाँसबारीको समान ७ खेलबाट १५ अंक भएको छ । बाँसबारी तालिकाको तेस्रो स्थानमा छ । अपराजित सातदोबाटो १९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा १६ अंक जोडेको खुमल्टार तालिकाको दोस्रो स्थानमा छ ।

यस्तै, लिगकै पहिलो खेलमा पुल्चोकले श्री भगवतीलाई रोक्न सफल भएको हो । जारी सम्पन्न लिगमा सुखद नजिता हात नपारकेो पुल्चोकले दोस्रो बराबरी नतिजा निकाल्दा श्री भगवतीले जारी लिगमा तेस्रो बराबरी नतिजा आत्मसात गरेको हो । दुबै टोलीले जितका मैदान प्रवेश गरे पनि राम्रा अवसर सदुपयोग गर्न असफल बनेका थिए ।

अंक बाँडेका टोलीद्वय पुल्चोक र भगवतीको समान ७ खेलबाट अंक तालिकामा क्रमस २ र ६ अंक भएको छ । पुल्चोक तालिकाको पुछारमा रहेको छ भने भगवती नवौं स्थानमा यथावत रहेको छ ।

प्रतियोगितामा आइतबार पनि दुई खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनिय क्लब र नयाँ बस्ती तथा दोस्रो खेल झम्सीखेल युथ क्लब र खुमलटार युथ क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।