Logo बैशाख ३०, २०७८ बिहीबार


श्रीलंकाका जेलमा २६ नेपाली महिला

काठमाडौं । संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ ।

मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले जेलमा रहेका २६ महिला कहिले छुट्छन् भन्नेबारे कोलोम्बोस्थित नेपाली दूतावासले निरन्तर समन्वय गरिरहेको जानकारी दिनुभयो । निरौलाका अनुसार जेलमा रहेकामाथि अध्यागमन नियम उलंघन लगायतका विषयमा अदालतमा मुद्दा चलिरहेको छ ।

प्रवक्ता निरौलाले मन्त्रालय अन्तर्गतको मानव बेचविखन नियन्त्रण राष्ट्रिय समिति मातहतको पुर्नस्थापना कोषले जेलमा रहेका नेपाली महिलालाई छुट्ने बित्तिकै नेपाल फिर्ता ल्याउन आवश्यक खर्च बेहोर्ने निर्णय गरिसकिएको पनि जनाकारी दिनुभएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…