Logo बैशाख २९, २०७८ बुधबार


गुरु लालध्वज देउसा राईलाई ‘पत्रकारिता दीर्घ पुरस्कार’

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने  गुरु लालध्वज देउसा राईलाई ‘पत्रकारिता दीर्घ पुरस्कार’ प्रदान गर्ने भएको छ । इञ्जाले राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागेकाे हाे।

भारतको कलकत्ता विश्वविद्यालयबाट पत्रकारिता विषयमा उच्च शिक्षा हासिल गरेपछि ०२२ मा नेपाल प्रवेश गरी पत्रकारिता गर्ने क्रममा ०३३ सालदेखि उहाँले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलोपटक पत्रकारिता अध्यापनको थालनी गर्नुभएको हो ।

आधा शताब्दी अनवरत रूपमा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न रहनुभएका पत्रकारिताका गुरु राईले ‘प्राध्यापकले कहिल्यै पनि अवकाश लिँदैनन्’ भन्ने भनाईलाई जाेड दिनुभएकाे  छ । ‘हातखुट्टा लागेसम्म र दक्षिणाका रूपमा बसभाडा पाएसम्म पढाउन जान छोड्दिनँ’ भन्ने उहाँको दृढ अठोटबाट हजारौं विद्यार्थी र अध्यापकहरूलाई प्रेरणा मिलेको इञ्जाले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…