Logo बैशाख ३०, २०७८ बिहीबार


‘जोमसोमै बजारमा’ गीतका सर्जक थकालीको मृत्यु

मुस्ताङ । चर्चित गीत जोमसोमै बजारमा गीतका सर्जक तथा संगीतकार विश्व थकालीको ५२ वर्षको उमेरमा निधन भएको छ । जोमसोम र हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी सर्जक थकालीको शनिबार अमेरिकामा मृत्यु भएको हो ।

उहाँको अमेरिकामा हृदयघातका कारण निधन भएको परिवार स्रोतले जनाएको छ । लामो समयदेखि अमेरिका बसोबास गर्दैरहनुभएका थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो।

साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाउनुभएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गर्नुभएको थियो । उहाँको धर्मपत्नी सहित दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…