मुकेश अम्बानीको घर अगाडि राखिएको विस्फोटक पदार्थको जिम्मा आतंकवादी संगठनले लियो

एजेन्सी । भारतका प्रतिष्ठित उद्योगपति मुकेश अम्बानीको घरअगाडि राखिएको विस्फोटक पदार्थको जिम्मा आतंकवादी संगठन जैस उल हिन्दले लिएको छ ।
अम्बानीको घरअगाडि हालै परिवारै मार्ने धम्की दिइएको पत्र र विस्फोटक पदार्थ फेला परेको थियो । उक्त पत्र र विस्फोटक पदार्थ आफूले राखेको आतंकवादी संगठन जैस उल हिन्दले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैस उल हिन्दले आइतबार टेलिग्राफ एपको माध्यमार्फत उसले घटनाको जिम्मा लिएको हो।
यसअघि इजरायली दूतावासबाहिर भएको विस्फोटको जिम्मेवारी पनि सोही संगठनले लिएको थियो।
पत्रको अन्तिममा अम्बानीलाई चेतावनी दिदै पैसा पठाइदिन भनिएको छ । पत्रमा अम्बानीले पहिले पनि पैसा पठाइदिने गरेको उल्लेख गरिएको छ ।