Logo बैशाख २९, २०७८ बुधबार


अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको अध्यक्ष दाहालको जवाफ ( पूर्णपाठसहित )

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको बताउनुभएको छ ।

आफूविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतसमक्ष जवाफ पेस गर्दै अध्यक्ष दाहालले त्यस्तो जिकिर गर्नुभएको हो । माघ १६ गते विराटनगरमा गरेको विरोध सभामा भाषण गर्दा अदालतको अवहेलना गरेको भनी अध्यक्ष दाहालविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

अध्यक्ष दाहालले अदालतमा परेका मुद्दामा संविधानका धारा र प्रावधान हेरेर व्याख्या तथा फैसला गर्ने भएको हुँदा नेताहरुले गर्ने भाषण, जुलुस तथा प्रदर्शनबाट अदालत प्रभावित नहुने आफ्नो विश्वास रहेको समेत बताउनुभएको थियो ।

जवाफमा अध्यक्ष दाहालले संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्ति एकै दिन भएको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि उल्लेख गर्नुभएको छ । तर यसबारेमा थप बोल्न नचाहेको समेत उहाँले प्रष्ट पार्नुभएको छ ।

अध्यक्ष दाहालले लिखित जवाफमा भनिएको छ, ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै संसद विघटन गरेर संवैधानिक अंगका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्न ।
उहाँले अदालतबाटै यसबारेमा छिनोफानो हुने विश्वास व्यक्त गरेका छन् । उहाँ वरिष्ठ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीसहित लिखित जवाफ पेश गर्न सर्वोच्चमा पुग्नुभएको थियो ।

पूर्णपाठ पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्

prachanda-reply-adalat

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…