Logo बैशाख ७, २०७८ मंगलबार


सडक विस्तार पीडितद्वारा काठमाडौं महानगरपालिका घेराउ

काठमाडौं । काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा घर तथा जग्गा गुमाएका पीडितलगायत सयुक्त संघर्ष समितिले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । समितिले उपत्यकाको सडक विस्तारका क्रममा डोजर आतंक गरेको, मातृभाषाविरुद्ध दमन भएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा देय् दबुको संयोजनामा उपत्यकाका आदिवासीमाथि भएका दमनविरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।

सम्पदा मास्ने भुत भगाऔं भन्ने नारासहित अभियान्ताहरुले धुपसमेत बालेका छन् । अभियान्ताहरुले केही दिन अघि पक्राउ परेका अभियान्ताहरु सुमन सायमीसहित आठ जना अभियान्ताको निशर्त रिहाइ गर्न माग गरेको छ । आज (आइतवार) बिहान अभियान्ताहरुको रिहाइको माग गर्दै काठमाडौं महानगरपालिका–१३, कालीमाटी क्षेत्रका बजार दुई घण्टा अवरुद्धसमेत भएको थियो ।

महानगरपालिकाले बालाजुमा सूचना केन्द्र बनाउन लागेको जग्गामा अभियन्ताहरूले लामो समयदेखि विरोध गर्दै आइरहेका थिए। उनीहरूले उक्त जग्गाबारे सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।