प्रदीप रोक्का र कमला घिमिरेको लोकमाला ट्रेण्डिङमा (भिडियाेसहित)

काठमाडौं । जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम लोकमाला अन्तर्गत शनिवार प्रसारण हुने लोकदोहोरीले दर्शक स्रोताको मन जित्दै छ । जनता टेलिभिजन र रेडियो जनतामा दिउँसो १ : १० बजे प्रसारण हुने लोकमाला युट्युवमा समेत अत्याधिक दर्शकको रोजाइमा पर्न सफल कार्यक्रम मध्येमा पर्दछ ।
यसैक्रममा, पछिल्लो पटक बालगायिका कमला घिमिरे र गायक प्रदीप रोक्काको प्रत्यक्ष दोहोरी युट्युवको नेपाल ट्रेण्डिङमा पर्न सफल भएको छ । चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।
एक सातामा झण्डै दुई लाख पचास हजारले उक्त भिडियो युट्युवमा हेरेका छन् ।