Logo बैशाख ३१, २०७८ शुक्रबार


चौथो गोलबजार मेयर गोल्डकप फागुन २१ बाट

रामभरोसि यादब
सिरहा । रमपम चौथो गोलबजार मेयर गोल्ड कप २०७७ फागुन २१ बाट शुरु हुने भएको छ । गोलबजार नागरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा क्लबको सहभागिता हुने जानकारी आयोजकले दिइएको छ ।

गोलबजारका मेयर देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासका लागि खेल आवश्यक भएको बताउनुभयो । आफू निर्वाचित भएर नगर प्रमुखको हैसियतमा कार्य शुरु गर्ने वित्तिकै खेलकुदका कार्यक्रमहरु गर्दै आएको मेयर साहको भनाइ छ । ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौं, त्यसैको एउटा कडी यो प्रतियोगिता हो ।’ मेयर साहले भन्नुभयाे ।

प्रतियोगिता फागुन २१ गतेबाट शुरु भई २८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा गोलबजार प्रतिभा क्लब निलो र रातो, त्रिभुवन आर्मी फुटवल क्लब, नेपाल एपिएफ फुटवल क्लव काठमाडौं, हल्दीवारी फुटवल क्लव जलथल झापाको सहभगिता रहने छ ।

त्यसैगरी, एभरेष्ट फुटवल क्लव धरान सुनसरी, डागीहाट फुटवल क्लव मोरङ्ग, गाईघाट फुटवल क्लव उदयपुर प्रतियोगितामा सहभागी रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरस्कारको लागि मात्र १० लाख ९६ हजार ४ सय ४४ रुपैयाँ छुट्याएको आयोजकले जनाएको छ । खेलका लागि प्रथम हुनेलाई ४ लाख ४ हजार ४ सय ४४, दोस्रो हुनेलाई २ लाख ७५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफिहरु प्रदान गरिने छ ।

त्यसैगरी, खेल अवधिभरका सर्वोत्कृष्ट पुरस्कार ३० हजार एकजनालाई, उत्कृष्ट खेलाडी पुरस्कार २० हजारका दरले ४ जनालाई, गोलबजार नगरक्षेत्रका उदीयमान एक जना खेलाडीलाई २ लाख ५० हजार बराबरको मोटरसाइकल, म्यान अफ दि म्याच ६ हजारका दरले ९ जनालाई दिने आयोजकले जनाएको छ ।

खेलको सम्पूर्ण व्यवस्थापनमा करिव ३९ लाख रुपैयाँ खर्च हुने आयोज कक्लवका अध्यक्ष सन्जिव लामाकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…