Logo बैशाख ५, २०७८ आइतबार


नेकपा ओली समूहका केन्द्रीय सदस्य मियाँद्वारा पदत्यागको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य ताज मोहम्मद मियाँले पदत्यागको घोषणा गर्नुभएको छ ।

आइतवार एक विज्ञप्ति प्रकाशित गरि केन्द्रीय सदस्य मियाँले पद त्यागको घोषणा गर्नुभएको हो । उहाँले अबको राजनीतिक जिम्मेवारी पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको मूलधारमा रहेर निर्वाह गर्ने घोषणा समेत गर्नुभएको छ ।

संविधानप्रदत्त समानुपातिक समावेशी लोकतान्त्रिक प्रणाली अन्तर्गत प्राप्त अधिकारहरुको समुचित प्रयोग र कार्यान्वयनमा उदासीन वर्तमान सरकारको कार्यशैलीप्रति आफ्नो गम्भीर असहमति रहेको पनि नेता मियाँले उल्लेख गर्नुभएको छ ।

उहाँले मुस्लिम लगायत सम्पूर्ण उत्पीडित समुदायको हक अधिकारको सुनिश्चितता मुलधारको नेकपाले मात्र गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले समाजवाद प्राप्तिको यात्रामा जोडिन मूलधारको नेकपामा एकाकर हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपील समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।