Logo बैशाख १, २०७८ बुधबार


यस्तो छ प्रचण्डको अभिव्यक्ति ‘कन्फरटेबल सरकार’ को वास्तविकता (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको ‘कन्फरटेबल सरकार’ भन्ने अभिव्यक्तिको भिडियोको सर्ट क्लिप कटिङ गरी विरोधीहरुले अतिरञ्जित रूपमा प्रचार गरिरहेका छन् ।

एक टेलिभिजनलाई दिएकाे अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले दुई छिमेकी देश चीन र भारतबीच नेपालले सन्तुलित व्यवहार गर्नुपर्ने र त्यसका लागि वर्तमान राजनीतिक परिस्थितिमा दुबै देशका लागि कन्फरटेबल सरकार अर्थात सन्तुलित व्यवहार गर्न सक्ने सरकारको आवश्यकता रहेको बताउनुभएको थियो ।

देशको राजनीतिक अवस्थालाई सन्तुलित बनाउनका लागि समेत नेकपासहित नेपाली कांग्रेस र समाजवादी पार्टीको सयुंक्त सरकार बन्नुपर्ने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेस र समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन सकियो भने चीन र भारतसँग राजनीतिक सम्बन्ध राम्रोसँग सन्तुलन कायम हुने प्रचण्डले बताउनुभएको थियो । तर विरोधीहरुले भारतसँगको सम्बन्ध र सरकार निर्माणका बारेमा मात्रै बोल्नुभएको क्लिप कटिङ गरी विरोध जनाइरहेका छन् ।

नेपालको वर्तमान राजनीतिक परिस्थिति, भारत र चीनबीच नेपालको सम्बन्ध, भारतसँग भएको सांस्कृतिक, धार्मिक, व्यापारिकलगायतका विशिष्ट सम्बन्धका कारण सरकारले अपनाउनु पर्ने सम्बेदनशीलताका बारेमा प्रष्ट पार्दै अध्यक्ष प्रचण्डले तद्अनुरुप सरकार निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

खुला सिमाना, धर्मपरम्परा, अर्थतन्त्र, इतिहास तथा भूगोलका कारण स्थापित भएको भारतसँगको सम्बन्धलाई राम्रो नबनाइ नेपालको विकासमा स्थायित्व नहुने भएकाले कांग्रेस, नेकपा र जसपा मिलेर सन्तुलनमा चल्न सक्ने सरकार बनाउनु पर्नेमा उहाँले जोड दिनुभएको थियो । तीन दलबीचको सहमतीय सरकार निर्माण गर्न सके चीन र भारत दुबैका लागि यो कन्फरटेबल हुने विचार प्रचण्डले दिनुभएको थियो ।

भिडियाे स्राेत : प्राइम टेलिभिजन

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…