लुम्बिनीमा ‘युनिभर्सल पीस सेन्चुरी’को स्थापना हुने

काठमाडाैं । शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनी आफैमा चिरपरिचित नाम हो । विश्वका विभिन्न मुलुकबाट शान्तिको कामना गर्न आउनेहरुला गौतम बुद्धका बारेमा जानकारी दिन र प्रचारप्रसार बढाउने उद्देश्यले युनिभर्सल पीस सेन्चुरीको स्थापना हुन लागेको छ ।
बौद्ध धर्मका प्रणेता भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी विश्वकै लागि आकर्षक केन्द्र हो । ऐतिहासिक महत्व बोकेको लुम्बिनी विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । वर्षेनी लाखौं भक्तजन आउने लुम्बिनीमा भगवान गौतम बुद्धको बारेमा ध्यान तथा तपस्या गर्ने केन्द्रको अभाव हुने गरेको छ । त्यसैलाई हटाउन अहिले युनिभर्सल पीस सेन्चुरीको स्थापना गर्न लागिएको छ । १५ सय भन्दा बढीले एकैपटक हप्तौं ध्यान तथा तपस्या गर्नसक्ने गरी पीस सेन्चुरी तीन वर्ष भित्रमा निर्माण सक्ने र यसले लुम्बिनीको महत्व अझै बढाउने विश्वास गरिएको छ ।
युनिभर्सल पीस सेन्चुरी निर्माणका लागि बढीभन्दा बढी मानिसको सहभागिता होस् भन्ने उद्देश्यले एक रुपैयाँ सहयोग वा दान गर्न सकिने छ । पीस सेन्चुरी निर्माणका लागि स्वदेश तथा विदेशबाट लाखौं मानिसले एक रुपैयाँ सहयोग गरी सहभागिता जनाएको भन्दै शान्ति कायम गराउन करौडौं मानिसले साथ दिने विश्वास गरिएको छ ।
पीस सेन्चुरीको मुख्य काम जग बसाउने काम सकिसकेको छ । यसका लागि समाजमा पैसामात्रै वा पदमात्रै भन्दा पनि केही दान वा सहयोग गरौं भन्ने भावना विकास गरेको भन्दै सकेको सहयोग गर्ने उद्देश्यले लुम्बिनीमा आएको उद्योगीहरुले बताएका छन् ।
युनिभर्सल पीस सेन्चुरी विश्वकै बौद्ध धर्मालम्वीको लागि ध्यान र तपस्यासहित खोज केन्द्र बनाउने लामा गुरुहरुले बताएका छन् । यसलाई महासिद्ध सेन्चुरी समेत नामाकरण गरिएको छ । यहाँ बुद्धका सयौं पुस्तकदेखि अहिलेसम्म प्रकाशित बुद्धसँग सम्वन्धित सबै पुस्तक सहितको लाइव्रेरी, ध्यान केन्द्र, खोजी केन्द्रदेखि सेमिनार हल सहितको अत्याधुनिक केन्द्र बनाउने तयारी गरेकाे छ।