Logo बैशाख ६, २०७८ सोमबार


बागमती सरकारद्वारा पाँच जिल्लाका अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

–पुष्पराज अधिकारी 

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश भित्रका ५ जिल्लाका अस्पताललाई ‘ख’ श्रेणीको एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टलाई एम्बुलेन्स हस्तान्तरण गर्नु भएको हो

आपूर्ति व्यवस्थापन केन्द्रले पहिलो पटक सुविधा सम्पन्न ‘ख’ वर्गको एम्बुलेन्स जिल्ला अस्पताललाई प्रदान गरेको जनाइएको छ । अहिले उपलब्ध गराइएका ५ वटा एम्बुलेन्सको लागत एक करोड ४६ लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका अस्पताल तुलनात्मक रुपमा संघीय सरकारले सञ्चालन गरेको अस्पताल भन्दा स्तरीय ढंगले चलिरहेको दाबी गर्नुभयो । अस्पतालहरुको सेवा गुणस्तरीय भए बिरामी रिफर गर्ने अवस्थाको अन्त्य हुने भन्दै उहाँले यसतर्फ अग्रसर भएर काम गर्न निर्देशन पनि दिनुभयो ।

जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उहाँले जनशक्ति र उपकरणको पर्याप्त उपलब्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव मानबहादुर बिके, मन्त्रालयका सचिव दिपक काफ्ले, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक वसन्त अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।