Logo बैशाख ७, २०७८ मंगलबार


जनता समाचारमा आइतवार प्रकाशित समाचार सार

जनतासमाचार डट्कममा आइतवार प्रकाशित समाचारका मुख्य अंशहरू :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुभएको ‘कन्फरटेबल सरकार’ भन्ने अभिव्यक्तिको भिडियोको सर्ट क्लिप कटिङ गरी विरोधीहरुले अतिरञ्जित रूपमा प्रचार गरिरहेका छन् । एक टेलिभिजनलाई दिएकाे अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले दुई छिमेकी देश चीन र भारतबीच नेपालले सन्तुलित व्यवहार गर्नुपर्ने र त्यसका लागि वर्तमान राजनीतिक परिस्थितिमा दुबै देशका लागि कन्फरटेबल सरकार अर्थात सन्तुलित व्यवहार गर्न सक्ने सरकारको आवश्यकता रहेको बताउनुभएको थियो ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आह्वान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो । संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उहाँको भनाइ छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको बताउनुभयो ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै वार्ता हुने बताउनुभएको छ । झापामा औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विप्लवसँगको वार्ता चाँडै निष्कर्ष पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने दाबी गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले ह्वीप जारी गरी समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताउनुभएको हो ।

रमपम चौथो गोलबजार मेयर गोल्ड कप २०७७ फागुन २१ बाट शुरु हुने भएको छ । गोलबजार नागरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा क्लबको सहभागिता हुने जानकारी आयोजकले दिइएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोसित हुनुभएको छ । आइतबार सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरुको पुनर्निमाणका क्रममा विवाद हुने गरेको बताउनुभएको हो ।

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले राष्ट्रियसभाकी सांसद कोमल वलीसँग माफी माग्नुभएकाे छ । हिजो (शनिवार) राजधानीमा आयोजित एक कार्यक्रममा पन्तले वलीमाथि गरेको टिप्पणीबारे वलीले अदालत जाने कुरा बताएपछि पन्तले माफी मागेका हुन् ।

जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम लोकमाला अन्तर्गत शनिवार प्रसारण हुने लोकदोहोरीले दर्शक स्रोताको मन जित्दै छ । जनता टेलिभिजन र रेडियो जनतामा दिउँसो १ : १० बजे प्रसारण हुने लोकमाला युट्युवमा समेत अत्याधिक दर्शकको रोजाइमा पर्न सफल कार्यक्रम मध्येमा पर्दछ ।

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा भएको विवादको समाधान गर्ने तयारी गरेको छ । नेकपाको आधिकारिकता तथा निर्वाचन चिन्हको बारेमा देखिएको विवाद निरुपनका लागि निर्वाचन आयोगले तयारी थालेको हो ।

काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा घर तथा जग्गा गुमाएका पीडितलगायत सयुक्त संघर्ष समितिले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । समितिले उपत्यकाको सडक विस्तारका क्रममा डोजर आतंक गरेको, मातृभाषाविरुद्ध दमन भएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

धार्चे गाउँपालिकाले थप तीन दिन भ्रमण  विदा दिने निर्णय गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउपाँलिकाले आफ्ना कर्मचारीलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको हो । यो व्यवस्था आगामी ०७८ वैशाख १ गतेदेखि लागू हुने जनाएको छ । कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने गाउँपालिकाले जनाएकाे हाे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षकी नेत्री रामकुमारी झाँक्रीले नेपाल ‘अनैतिक’ व्यक्ति शासक भएको मुलुक भएको बताउनुभएको छ । आइतबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले नेपाली नागरिक अनैतिक शासकबाट शासित हुन विवश भएको टिप्पणी गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको बताउनुभएको छ । आफूविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतसमक्ष जवाफ पेस गर्दै अध्यक्ष दाहालले त्यस्तो जिकिर गर्नुभएको हो । माघ १६ गते विराटनगरमा गरेको विरोध सभामा भाषण गर्दा अदालतको अवहेलना गरेको भनी अध्यक्ष दाहालविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा अदालतमा आज लिखित जवाफ पेस गर्नुहुने भएको छ । जवाफ पेस गर्न अध्यक्ष दाहाल आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुन लाग्नुभएको हो ।

भारतका प्रतिष्ठित उद्योगपति मुकेश अम्बानीको घरअगाडि राखिएको विस्फोटक पदार्थको जिम्मा आतंकवादी संगठन जैस उल हिन्दले लिएको छ । अम्बानीको घरअगाडि हालै परिवारै मार्ने धम्की दिइएको पत्र र विस्फोटक पदार्थ फेला परेको थियो । उक्त पत्र र विस्फोटक पदार्थ आफूले राखेको आतंकवादी संगठन जैस उल हिन्दले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैस उल हिन्दले आइतबार टेलिग्राफ एपको माध्यमार्फत उसले घटनाको जिम्मा लिएको हो।

 चर्चित गीत जोमसोमै बजारमा गीतका सर्जक तथा संगीतकार विश्व थकालीको ५२ वर्षको उमेरमा निधन भएको छ । जोमसोम र हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी सर्जक थकालीको शनिबार अमेरिकामा मृत्यु भएको हो ।

बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो। मन्दिरको छाना हाल सिमेन्टको छ ।

अबकाे पाँच वर्षपछि नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । ५० वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको हाे । संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले नेपालमा पत्रकारिताको अध्यापन थालनी गराउने  गुरु लालध्वज देउसा राईलाई ‘पत्रकारिता दीर्घ पुरस्कार’ प्रदान गर्ने भएको छ । इञ्जाले राईलाई ५१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागेकाे हाे।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा विभाजनले वैधानिकता नपाउँदासम्म तटस्थ बस्ने निर्णय लिएको छ । साथै कांग्रेसको अलमल र तटस्थताकै कारण नयाँ सरकार निर्माणबारे निर्णायक छलफल प्रारम्भ हुन सकिरहेको देखिँदेन ।

 धार्चे गाउँपालिकाले थप तीन दिन भ्रमण  विदा दिने निर्णय गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गाउपाँलिकाले आफ्ना कर्मचारीलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको हो ।

रमपम चौथो गोलबजार मेयर गोल्ड कप २०७७ फागुन २१ बाट शुरु हुने भएको छ । गोलबजार नागरपालिका र गोलबजार प्रतिभा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरबाट ८ वटा क्लबको सहभागिता हुने जानकारी आयोजकले दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।