Logo बैशाख ७, २०७८ मंगलबार


१४ वर्षीया किशोरीले गरिन् ६५ वर्षीया हजुरआमाको हत्या

एजेन्सी । अमेरिकाको मिसिगन राज्यमा आफ्नी ६५ वर्षीया हजुरआमाको हत्या गरेको अभियोगमा १४ वर्षीया किशोरीलाई पक्राउ गरिएको छ । डेट्रोइटको उपनगर क्षेत्रको क्यानटन निवासी उक्त किशोरीले सोमबार फेब्रुअरी २१ मा आफ्नै हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

भान्सामा रहेको छुराले बिहान ७ः १५ मिनेटमा हत्या भए पनि प्रहरीले हजुरआमाको मृत शरीर फेब्रुअरी २२ का दिन फेला पारेका थिए ।

किशोरीको मानसिक स्वास्थ्य र कारवाही बुझ्ने क्षमताको परीक्षण गरेपछि मात्र थप अदालत कारवाही गरिने प्रहरीले जनाएको छ ।

ती किशोरीलाई प्रहरीहरुले करिव २० माइल टाढा रहेको एक मोटेलबाट त्यही दिन पक्राउ गरिएको थियो । पीडित महिला पेशाले स्वास्थ्य परिचारिका थिइन् । नातिनीलाई उनी आफैंले हुर्काएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।