Logo बैशाख २८, २०७८ मंगलबार


घुस अस्विकार गर्ने ट्राफिक प्रहरी सम्मनित

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन नमान्ने प्रहरीलाई सम्मान गरेको छ । महाशाखाले कुशल जिम्वेवारी निर्वाह गर्ने एक प्रहरी निरीक्षकसहित १८ ट्राफिक प्रहरीलाई सम्मान गरेको हो ।

महाशाखाले आइतबार एक कार्यक्रमकाबीच सम्मानित नगदसहित वृत्ति विकासमा सहयोग हुने गरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरेको हो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षराशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न दिएको निर्देशन पालना गरेवापत् उहाँहरुलाई सम्मान गरिएको बताउनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकले कारवाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गरेको उहाँको भनाइ छ । प्रलोभनमा नपरी त्यस्ता चालकलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।

चालू आवमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रद्वारा सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…