Logo बैशाख २८, २०७८ मंगलबार


विश्वभर ९ करोड २ लाख संक्रमणमुक्त, २५ लाख ४२ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा नौं करोड दुई लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा नौं करोड दुई लाख २७ हजार एक सय २० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ११ करोड ४६ लाख ७१ हजार सात सय ५३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख ४२ हजार पाँच सय ३४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख दुई हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ९२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ९६ लाख ९२ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख २५ हजार सात सय ५७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ११ लाख १२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड सात लाख ८४ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५७ हजार एक सय ९५ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७४ हजार एक सय ४३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार चार सय सात जना निको भएका छन् । यहाँ कोरोनाबाट दुई हजार सात सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…