Logo बैशाख २८, २०७८ मंगलबार


फेसबुकमा स्टाटस लेखेका इन्जिनियरको गोली हानी हत्या

एजेन्सी । म्यानमारमा फेसबुकमा स्टाटस लेखेका इन्जिनियरको गोली हानी हत्या भएको छ । यंगुनमा एक जना इन्टरनेट नेटवर्क इन्जिनियर नि नि याङ ह्टेट नाइङ प्रहरीले चलाएको गोलीबाट मारिएका हुन । उनले अघिल्लो दिन फेसबुकमा ‘संयुक्त राष्ट्र संघलाई सैनिक सरकारविरूद्ध कदम चाल्न कतिको ज्यान जानुपर्ने’ हो भनेर लेखेका थिए।

म्यानमारको सैनिक ‘कु’ विरोधी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १८ जनाको ज्यान गएको छ । यांगुन, बागो र म्यान्डले, लास्हिओ, मेइक, बागो र पोकोक्कु सरहमा आइतबार प्रहरीले चलाएको गोलीले प्रदर्शनकारीको मृत्यु हो । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार यंगुन, दावेई, मन्डालय, मेइक, बागो र पाक्कोकु सहरमा ३० जना प्रदर्शनकारी घाइते भएका छन्।

फेब्रुअरी १ मा ‘कु’ मार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले महिनाको अन्तिम दिन आन्दोलनकारीमाथि गोली बर्षाएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…