Logo बैशाख २८, २०७८ मंगलबार


पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टि, मंगलबार काठमाडौं फर्किने

एजेन्सी । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई क्यान्सर नभएको पुष्टि भएको छ । उहाँको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले बताएका हुन् ।

चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो ।

देखिएको ट्युमरलाई भने केही महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव दिएका छन्‌। यदी बेलैमा शल्यक्रिया नभएमा क्यान्सरको खतरा हुनसक्ने भन्दै आज भएको परामर्शमा चिकित्सकले सचेत गराएका हुन्‌।

फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उहाँको स्वास्थ्य परीक्षण भइरहेको थियो । अध्यक्ष भट्टराई भोलि (मंगलबार) नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्किदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…