Logo बैशाख २८, २०७८ मंगलबार


यस वर्षको जाडोयाम सकिएर प्रि–मनसुन शुरु, पहाडी भूभागको मौसम लगातार प्रभावित

काठमाडौं । सोमवारदेखि यस वर्षको जाडोयाम समाप्त भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् सोमवारदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । तर प्रि–मनसुनको समयमा अपरान्ह तथा साँझतिर मेघगर्जन÷ चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । त्यसैले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…