Logo बैशाख २८, २०७८ मंगलबार


१५ दिनमा एक करोड भ्युज, अस्मिताले लेखिन् स्टाटस…

काठमाडौं । पछिल्लाे समयकी चर्चित गायिका अस्मिता अधिकारीले ‘टाढा भएपनि’ बाेलकाे गीतले १५ दिनमा एक करोड ‘युट्युब भ्युज’ पाएकाेमा खुशी व्यक्त गरेकी छिन्। नेपालमा छोटो समयमा करोड दर्शकको माया पाएका गीतमध्ये एक बन्न पुगेकोमा खुशी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत स्टाटस लेखेकी हुन् ।

‘गाउदै गर्दा गीतले एक प्रकारको माया पाउनेमा म ढुक्क थिए , तर यति धेरै ? मैले साच्चै कल्पना सम्म गरेको थिइन । तपाइँहरुको यति धेरै मायाले गीत युट्युबमा १५ दिनमै करोड पटक सुनिएको/ हेरिएको छ । धेरै-धेरै आभारी छु अनि मख्ख पनि छु १५ दिनमै करोड पुग्ने पहिलो नेपाली गीतको गायिका हुन पाउँदा ।’ उनले लेखेकी छिन् ।

‘टाढा भए पनि’ बोलको गीत पल शाह अभिनित पछिल्लो चर्चित गीत हो। यो गीतमा गायिका अस्मिता अधिकारी र गायक उर्गेन दोङको आवाज छ भने पललाई अभिनयमा मोडेल मलिका महतले साथ दिएकी छिन्।

यसअघि पल र मलिका अभिनित ‘फुल बुट्टे सारी’ले १८ दिनमा एक करोड भ्युज पाएको थियो भने त्यसअघि १८ दिनमै १ करोड भ्युज पाउने गीत प्रकाश सपुतको ‘गलबन्दी’ थियो।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…