Logo बैशाख २८, २०७८ मंगलबार


इलाममा सातौं बोर्डर आउट पोष्ट स्थापना

इलाम । नेपाल–भारत सीमामा सुरक्षाका लागि सातौं बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । सूर्योदय नगरपालिकाको भारतीय सीमावर्ती क्षेत्रमा नेपालको बलियो उपस्थिति जनाउन बिओपी स्थापना गर्ने अभियान अन्तर्गत सातौं पोष्टको स्थापना गरिएको हो ।

सीमावर्ती क्षेत्रमा स्थापना भएको बिओपी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह बाहिनी सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

नगरप्रमुख राईले स्थापना भएका बिओपीलाई व्यवस्थित, प्रविधिमैत्री, सबल र सुदृढ बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको भूमि प्रयोग गरी आवतजावत गर्नसक्ने यातायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोबललाई उच्च राखी काम गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा सोच्न जरूरी रहेको चिन्ता व्यक्त गर्नुभयो ।

इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटरको सीमाक्षेत्रका सात स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी नम्बर १ हेडक्वार्टर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिनुभयो । सलकपुर, समालबुङ, छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ, जौवारी र कालपोखरीमा बिओपी स्थापना भइसकेको छ ।

आगामी दिनमा रोङको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ, खोला गोदाम, हिले, चित्रेगुम्बा, माईजोगमाइको मेग्मा, सन्दकपुरको गैरीबास र आलटारमा बिओपी राख्नका लागि पहल भइरहेको छ । मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…