Logo बैशाख ७, २०७८ मंगलबार


म नरहे पनि पार्टी छ, देशको भविष्य अन्धकारमा जान दिनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भएपनि पार्टी र आन्दोलन भएकाले देश र जनताको भविष्य अन्धकारमा जान नहुने बताउनुभएको छ । पोखरामा सोमवार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको भविष्य निर्माणका लागि प्रतिक्रियावादीहरुसँग घुँडा टेक्नु नहुने बताउनुभएको हो ।

‘म रहिन भने पनि केही छैन, आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी र तिनका मतियारका अगाडि घुँडा टेक्नु हुँदैन । देश र जनताको भविश्य अन्धकारमा जान दिनु हुँदैन । देश बनाउने पार्टीको भविश्यलाई अन्धकारमा जान दिनुहुँदैन ।’

आफ्नो ज्यानमाथि खतरा रहेको औंल्याउदै ओलीले भन्नुभयो, ‘ममाथि शारीरिक हमला भयो अथवा मेरो ज्यान तलमाथि केही भयो भने पनि तपाईंहरु अनौठो नमान्नु होला ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘तर त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउँछौँ ।’

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।

नेकपाको दाहाल–नेपाल समूहले भनिरहेको पार्टीको केन्द्रीय समितिको बहुमत आफैले दिएको दाबी गर्दै ओलीले भन्नुभयो, ‘एकताका लागि भनेर दिएको हो । केन्द्रीय कमिटी बनाउँदा मेरो नोट कापीमा नाम लेखेर मैले नै दिएको हो । महाधिवेशनबाट चुनाव जितेर आएको कुनै कमिटी हो र त्यो ?’ उहाँले भन्नुभयो, ‘तर उहाँहरु षड्यन्त्र पूर्ण ढंगले त्यसबेला बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, किन भनेको त पार्टी बिगार्ने, देश बिगार्ने षड्यन्त्र लुकेकै रहेछ त्यसबेला । नत्र मैले त बहुमत चाहिन्छ भन्दै हिँडिनँ ।’

पार्टी एकीकरण गरिसके लगत्तै प्रचण्ड–माधव समूहले आफ्नो धन्दा शुरु गरेको ओलीको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।