Logo बैशाख २८, २०७८ मंगलबार


‘स्मार्ट सिटी निर्माण कार्य समानान्तर रूपमा अघि बढ्छ’

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले काठमाडौं र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई समानान्तर ढंगले अगाडि बढाइरहेको बताउनुभएको छ । सोमबार शहरी विकास मन्त्रालयमा काठमाडौंमा बन्दै गरेका तीन स्मार्ट सिटीको बारेमा जानकारी दिन आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री साहले काठमाडौंमा बन्ने चार स्मार्ट सिटीमध्ये तीन वटा स्मार्ट सिटीको काम अगाडि बढेको र काठमाडौं बाहिरका स्मार्ट सिटीहरुलाई पनि सँगै लान खोजिएको बताउनुभएको हो ।

काठमाडौं भित्र र काठमाडौं बाहिरका स्मार्ट सिटीलाई समानान्तर ढंगले अगाडि बढाइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘काठमाडौंमा ४ वटा स्मार्ट सिटी प्रस्तावित गरेका छौं । जसमा ३ वटा त अगाडि नै बढिसकेको हामी हेरिरहेका छौं । काठमाडौं बाहिरका पनि स्मार्ट सिटीहरुलाई हामी सँगै लान खोजिरहेका छौं। काठमाडौं भित्रका स्मार्ट सिटी र काठमाडौं बाहिरका स्मार्ट सिटी दुईवटैलाई हामी समानान्तर ढंगले नै अगाडि बढाइरहेका छौं ।  बाहिरको पनि दशवटा स्मार्ट सिटीको काम अगाडि बढाइरहेका छौं। र काठमाडौंमा व्यहारतः तीनवटा शहरको काम अगाडि बढेको छ ।’

मन्त्री साहले काठमाडौँ उपत्यका देशको मुटु भएकाले यहाँको बसोबास र भौतिक पूर्वाधारको स्तर देशको मान र सम्मानसँग जोडिने भएकाले नेपाललाई विश्वमा प्रतिस्पर्धा गर्न सकिन्छ सकिन्न र हाम्रा सिटीहरु कुन स्थानमा रहन्छन् भन्नेतर्फ मन्त्रालयले सोचेको पनि बताउनुभयो । काठमाडौंको भद्रगोल शहरीकरणलाई योजनाबद्ध, व्यवस्थित शहरीकरणको सचेत प्रयासका रुपमा स्मार्ट सिटी निर्माण कार्य गरिदै गरेको उहाँको भनाइ छ ।

उहाँले स्मार्ट सिटी बनाउने काम छिटो गर्नुपर्ने र छिटो बनाउने नाममा कानुन विपरित गर्नु नहुनेमा जोड दिनुभयो । स्मार्ट सिटी आम देशबासीको सम्मानसँग जोडिएको महत्वांकाक्षी योजना भएको भन्दै यसलाई सबैको सरोकार जोड्ने गरी अगाडि बढाउने पनि मन्त्री साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…