Logo बैशाख २, २०७८ बिहीबार


दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य !

काठमाडाैं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा युवा समावेशिता विषयक दुईदिने राष्ट्रिय गोष्ठिको उद्घाटन समारोहमा बोल्दै वन मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै वन तथा वातावरण मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभएको हो ।

यसका निम्ति मन्त्रालयले गृहकार्य अगाडि बढाएको र यसैपल्ट लागू गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘कम्तिमा पनि पशुपति आर्यघाटमा १२/१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले यो गृहकार्य अगाडि बढाएको छ । यसैपल्ट यो लागु गर्दैछौँ ।’

मन्त्री आलेले खुल्ला चिडियाखानाको अवधारणा अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ३५ जिल्लामा यो कार्यक्रम अगाडि बढाउनका निम्ति मन्त्रालयमा छलफल गरिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपन जु को रुपमा कन्सेप्ट मैले अगाडि बनाएको छु । कम्तिमा पनि ३५ वटा जिल्लामा यो कार्यक्रम अगाडि बढाउनुपर्छ भनेर मैले मेरो मन्त्रालयबाट बजेटको तयारी अगाडि बढाएको छु । यो अगाडि बढाउनुपर्छ कि भनेर मैले मेरो मन्त्रालयमा छलफल अगाडि बढाइसकेको छु ।’

उहाँले प्रधानमन्त्री जडिबुटी तथा कृषि वन रोजगार कार्यक्रम मन्त्रालयले अगाडि बढाएको पनि बताउनुभयो । कम्तिमा ७ वटा जिल्लाबाट जडिबुटी उत्पादनको पकेट क्षेत्रको रुपमा कार्यक्रम अगाडि बढाउने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।