Logo बैशाख २८, २०७८ मंगलबार


अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउँछु: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले सर्वोच्च अदालतले पुन:स्थापित गरेको संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा साेमबार राजधानीमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफ्नो वुद्धि, विवेक, योग्यता र क्षमता सम्पूर्ण रुपले लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।

संसदको काम कानून निर्माण गर्ने भएको बताउँदै उहाँले फागुन २३ देखि शुरु हुने संसदबाट शुसानका लागि गुणस्तरीय कानून निर्माणमा ध्यान दिने बताउनुभयो ।

सभामुख सापकाेटाले पुस ५ देखि फागुन ११ सम्म नेपाली पत्रकारिताले अग्रवाणी भएर काम गरेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आज नेपाली पत्रकारिताप्रति गौरव महसुस भएको छ । गत पुष ५ देखि फागुन ११ सम्मको संसद पुनस्थापनाको महान काममा नेपाली पत्रकारिता जगतले भएर काम गरेको छ । लोकतन्त्र बचाउन र संविधानको रक्षाका लागि नेपाली सञ्चार जगतले खेलेको भूमिका प्रशंसनीय छ ।’

सभामुख सापकोटाले यसअघि आणविक युद्ध, जलवायु परिवर्तन लगायतका विषयमा धेरै बहस र चर्चा भइसकेको बताउँदै अब पत्रकारिताको माध्यमबाट ‘आर्टिफिसियल इन्टेलिजेन्स’ले ल्याउने चुनौतिका बरेमा चर्चा गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनका लागि सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण भएको धारणा राख्दै यसका चुनौति पनि उत्तिकै रहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…