Logo बैशाख ३१, २०७८ शुक्रबार


वरिष्ठ पत्रकार लालदेउसा राईलाई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कार

काठमाडौं । वरिष्ठ पत्रकार लालदेउसा राई इञ्जा दीर्घसेवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) को तेस्रो स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाली पत्रकारका ‘सम्मानित गुरु’का रुपमा रहनुभएका ८९ वर्षीय राईलाई ६५ हजार नगदसहित सम्मान गरिएको हो ।

तर स्वास्थ्यका कारण अनुपस्थित राईकाे पुरस्कार त्रिवि पत्रकारिता विभागका प्रमुख चिरञ्जिवि खनालले ग्रहण गर्नुभयाे ।

उहाँकै सक्रियतामा चार दशक अघि त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता विभाग स्थापना गरी आमसञ्चारको अध्यापन शुरु गरिएको थियो । इञ्जाले ‘इञ्जा डे’ को अवसरमा वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कारबाट लेखक तथा पत्रकार राजेन्द्र पराजुलीलाई पुरस्कृति गरेको छ । ‘कोटेश्वरको केटो’ कृतिका लागि पराजुलीले नगद एक लाख राशिको पुरस्कार प्राप्त गर्नुभएको हो ।

त्यसैगरी इञ्जा खोज पत्रकारीता पुरस्कार भने पत्रकारद्वय सुशील पन्त र टपेन्द्रध्वज कार्कीले संयुक्त रुपमा पाउनुभएको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । यस वर्षको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार कान्तिपुरका बझाङ संवाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही संवाददाता निरा गौतम र नेपाल टेलिभिजनकी दोलखा संवाददाता मन्दिरा थापाले प्राप्त गर्नुभयाे । पुरस्कारको राशि एक लाख पाँच हजार रहेको छ ।

इञ्जा ग्लोबलका उपाध्यक्ष तथा इञ्जा एसिया च्याप्टरका अध्यक्ष पत्रकार टंक पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विश्वभर छरिएका नेपाली पत्रकारहरुको साझा संगठनका रुपमा तीन वर्षअघि स्थापना भएको इञ्जाले हरेक वर्ष मार्च १ लाई इञ्जा डे का रुपमा मनाउँदै आएको छ । इञ्जाको ग्लोबल कार्यलय अमेरिकाको भर्जिनिया राज्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…