मंगलवार पहाडी भेगमा आंशिक बदली तथा अन्य भूभागमा माैसम सफा रहने

काठमाडौं । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।
मंगलवार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
राती प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने बताइएको छ।