Logo बैशाख ७, २०७८ मंगलबार


‘प्रधानमन्त्रीले राजीनामा दिए ढुक्क खाउँला नसोचे हुन्छ’

काठमाडौं । नेकपाकाे ओली पक्षका युवा संघ इन्चार्ज तथा भक्तपुरका सांसद महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए  आफूले ढुक्कैसँग खाउँला भन्ने सोच दाहाल – नेपालको गलत भएको बताएका छन् ।

एक अनलाइनसँगको अन्तवार्ताका क्रममा बस्नेतले सदनभित्र केपी ओलीको निरन्तरताको पहल वा बहस वा विकल्पबारेकाे छलफलमा राजीनामाको कुरा आजको राजनीतिको एजेण्डा नभएको बताएका हुन् ।

अन्तरवार्तामार्फत उनले सर्वोच्च अदालतले नयाँ सरकार बन्ने सम्भावना छ भने खोज्नुस् भनेर फैसला गरेको बताउँदै सदनमा वैकल्पिक सरकार बन्ने अवस्था खोजी गर्नुपर्ने पनि बताए ।

नेता बस्नेतले श्रीमान र श्रीमतीबीचमा कुरा नमिल्दा पारपाचुके गर्ने चलन भए पनि राजनीतिक दलमा कुरा नमिलेपछि लफडा गर्न नहुने तर्क गरेका छन्।  दाहाल-नेपाल एकातिर हुँदा ओलीको सांसद हाराहारी हुनुको मतलब उहाँहरुको नैतिक हार भएको समेत बस्नेतकाे भनाइ छ ।

‘लड्डु प्रकरण र कम्फर्टेबल पार्टीको कुरा आएपछि मुलुकको राष्ट्रियता र हितका लागि ओली नै हो रहनेछन् हामी भ्रममा रहेछौं भन्ने दृष्टिकोणमा दाहाल-नेपाललाई साथ दिने धेरै छन् ‘ उनकाे जिकिर छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ । बैैशाख २५ देखि २८ गतेसम्म तय भएको महाधिवेशन जेठमा…

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।