Logo बैशाख ७, २०७८ मंगलबार


कम्युनिष्ट नेता रावलको स्मृतिमा १४ विद्यार्थीलाई पुरुस्कार

अछाम । अछामी कम्युनिष्ट आन्दोलनका नेता स्वर्गीय झंकर बहादुर रावलको स्मृति दिवश मनाइएको छ । रावलको गृहजिल्ला समेत रहेको उहाँको जन्मस्थान मंगलसैन नगरपालिकास्थित ओलीगाउँमा आयोजित एक विशेष समारोहका बीच कम्युनिष्ट आन्दोलनमा रावलको योगदानबारे सरोकारावालाहरुले चर्चा गरेका छन् ।

दिवंगत नेता रावलको नामबाट स्थापीत झंकर बहादुर रावल स्मृति प्रतिष्ठान अछामको आयोजनामा पुरुस्कार वितरण कार्यक्रम सम्पन्न भएको गरिएको हो । मंगला नेपाल राष्ट्रि माध्यामिक विद्यालय वलिगाउँमा मंगलसैन नगरपालिका वडा नम्बर ८ र ९ वलिगाउका विभिन्न विद्यालयबाट शैक्षिक सत्र ०७६ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थिलाई पुरुस्कृत तथा सम्मान गरिएको हो । साविकको वलिगाउँ गाबिसमा रहेका सामुदायिक र नीजि विद्यालयमा अध्ययन गर्ने र तहगत रुपमा उत्कृष्ट नतिजा ल्याउने १४ जना विद्यार्थिलाई पुरुस्कार र प्रसंशापत्र वितरण गरिएको प्रतिष्ठानका महासचिव भिम बहादुर रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बहादुर रावलको अध्यक्षतामा आयोजित समृति सभामा सुदूरपश्चिम प्रदेश सभा सदस्य बल बहादुर सोडारीले स्वर्गीय झंकर रावलको सम्झनामा स्थापीत प्रतिष्ठानले नमुनायोग्य काम गर्नुपर्ने बताउनु भयो । प्रतिष्ठानले सम्पन्न गरेका कामह तथा योगदान सकारात्मक भएको औंल्याउनुहुँदै सोडारीले समाज परिवर्तन र जागरणका लागि स्वर्गीय रावलको महत्वपूर्ण योगदान रहेको स्मरण पनि गर्नुभयो । स्वर्गीय नेता रावलले सामाजिक अभियानका क्रममा देख्नुभएका कतिपय सपना अझै पूरा हुन नसकेको तिनको पूर्णताका लागि नयाँ पुस्ताले विशेष भूमिका निर्वाह गर्नुपर्ने प्रदेश सभा सदस्य सोडारीको भनाइ छ ।

स्मृति सभाका विशिष्ट अतिथी मंगलसैन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावलले समाजका लागी राम्रो गर्नेको नाम अमर रहने भएकाले सबैले राम्रा कामको अनुसरण गर्दै अघि बढनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले प्रदेश सभा सदस्य सोडारीसमक्ष विद्यालय सुधारबारे एक मागपत्र पेस गर्नुभएको थियो । विद्यालयको मागपत्र ग्रहण गर्नुहुँदै सोडारीले आगामी दिनमा आफ्नो तर्फबाट विद्यालयको विकास तथा विस्तारका लागि प्रदेश सरकारबाट बजेट विनियोजनका लागी पहल गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट नेकपा अछामका सचिवालय सदस्य नयन सोडारी, मंगला नेपाल राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष भैरब बहादुर बोहरा, सल्लाहकार संयोजक बहादुर सिंह बिष्ट, प्रेस संगठन अछामका संयोजक नरेन्द्र रावल, मंगला नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक बम बहादुर थापा, शिक्षक अभिभावक संघकाअध्यक्ष झुलेन्द्र बहादुर रावल र महिला नेतृ मनसरा रावलले स्वर्गीय नेता झंकरबहादुर रावलका योगदानमाथि चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका सदस्य तेज बहादुर रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव भिम बहादुर रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।