पाटन मंगलबजार क्षेत्र आजदेखि ‘वान वे’

ललितपुर । महानगरपालिकाले पाटन दरबार नजिक महापाल क्षेत्रमा आजदेखि ‘वान वे’ प्रणाली लागू गरेकाे छ । महानगरपालिकाले मंगलबजार क्षेत्रको महापाल चोकबाट इखालखु (मछिन्द्र बहाल, लगनखेल) तर्फ जाने सबै किसिमका सवारी साधन निषेध गरेको हो।
अत्यधिक जाम हुने भएपछि महानगरपालिकाले सो क्षेत्रमा बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि सबै सवारीसाधन ‘वान वे’ गरेको जनाएको छ ।
साथै,साे क्षेत्रमा पिक आवरमा एक मिनेटमा ९२ वटा मोटरसाइकल र ७ वटा चार पाङ्ग्रे चल्ने, इखालखुतर्फको बाटो पनि अति नै साँघुरो, पैदल हिड्ने यात्रुका लागि पेटी नभएकाले सडकबाटै हिड्नुपर्ने, दुई वटा गाडी पनि पास नहुनेलगायतका समस्या भएकाले वाटफ वान वे गर्नुपरेको महानगरले जनाएको छ।