ताप्लेजुङको दोभान बजारमा आगलागी : ३५ बढी घर जलेर नष्ट, कच्ची घरहरू भत्काइदै ( अपडेट )

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
बिहान करिब ९ बजेदेखि लागेको आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) झरेन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो । तर आगो फैलिँदै गएको जानकारी आएको छ उहाँले बताउनुभयो । स्थानीय भोला पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको स्थानीयले बताए । घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले अहिलेसम्म बजारको मुख्य क्षेत्र ३५ बढी घर जलिसकेको बताउनुभयो ।
आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काइएको उहाँले जानकारी दिनुभयो ।
तस्बिर : राजिव माबोहाङ लिम्बुको फेसबुक