एकैदिन प्रतितोला १७ सय रुपैयाँले घट्यो सुन

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ७ सय मा कारोबार भएको थियो भने मंगलबार घटेर प्रतितोला ८७ हजारमा कारबोबार भइरेको छ । त्यसैगरी मंगलबार तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा चाँदीको भाउ प्रतितोला १ हजार २ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार प्रतितोला चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।