सप्तरीको कञ्चनपुरमा स्वयं सेविकालाई साइकल वितरण

सप्तरी । जिल्लाकाे कञ्चनपुरमा स्वयं सेविमकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिनका लागि साइकल वितरण गरिएको छ ।
विभिन्न स्वास्थ्य कार्यक्रम, सेवा र सूचना दिनका लागि एक ठाउँबाट अर्को ठाउँ जान सजिलो होस् भनेर कञ्चनपुर नगरपालिका–८ द्वारा नौ महिला स्वयं सेविकालाई साइकल वितरण गरिएको हो ।
महिलाहरुले गर्दै आएको सेवाप्रति अझै उत्साह मिलोस् र गरिरहेको कार्यमा सहजता हाेस् भन्ने उदेश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्षले जानकारी दिनुभयो ।
स्वास्थ्य हामी सबैका लागि महत्वपूर्ण भएकाले स्वास्थ्य क्षेत्रको विकास र सुधार सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुखकाे भनाइ छ ।