Logo जेठ १, २०७८ शनिबार


जुत्ता लगाएर मात्रै गाडी चलाउन पाइने

रामेछाप । जिल्लामा अब सवारी साधन चालकले जुत्ता अनिवार्य लगाउनुपर्न भएको छ । चप्पल लगाएर ड्राइभिङ गर्दा दुर्घटना बढ्न सक्ने जोखिमलाई कम गर्न जिल्ला ट्राफिक प्रहरीले सवारी चालकलाई  मंगलबारबाट जुत्ता अनिवार्य गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चप्पल लगाएर सवारी चलाउँदा पसिनाले खुट्टा चिप्लेर भनेको ठाउँमा ब्रेक नलाग्ने, ब्रेक लगाउन खोज्दा चप्पल अड्किने जस्ता समस्याका कारण दुर्घटना बढ्न सक्ने भएकाले जिल्लामा चालकले अनिवार्य रूपमा जुत्ता लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

अब जिल्लामा चल्ने सवारीका ठूला बस, सुमो, माइक्रोबस, टिपर, ट्रक, ट्याक्टर, अटोलगायतका सवारी साधनका चालकले सवारी साधन चलाउँदा अनिवार्य रूपमा जुत्ता लगाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…