विद्यालयको पक्कि भवन उद्घाटन

सिन्धुपाल्चोक । नागपुजेस्थित बच्छलादेवी माध्यमिक विद्यालयको आठ कोठे पक्कि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब्स इन्टरनेस्नल फाउण्डेसन मल्टिपल ३२५ को सहयोग र लायन्स क्लब्स इन्टरनेस्नल डिस्ट्रीक्ट ३२५ बि १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं देउराली को समन्वय मा निर्मित पक्कि भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
पास्ट इन्टरनेसनल डाइरेक्टर इ.लायन सन्जय खेतानको प्रमुख आतिथ्य मा सम्पन्न भएको कार्यक्रमको सभापतित्व प्रोजेक्ट चियरपर्सन पि एम सि सि लायन गिरधारी शर्मा भुषालले गर्नु भएको थियो ।
त्यसैगरी समारोहमा एल सि आइ एफ एरीया लिडर ,पि एम सि सि लायन बालकृष्ण बुर्लाकोटी ,जि ए टी एरीय लिडर पि एम सि सि लायन खगेन्द्र सिटौला ,मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री (राजन) ,बाह्रबिसे नगरपाका मेयर निम फिन्जो शेर्पा , सिनियर ए ओ जि लायन मेघराज घिमिरे ,क्लस्टर चिफ लायन माधब पाण्डे ,रीजन चियरपर्सन लायन जनप्रकाश चापागाँई , जोन चियरपर्सन हरु लायन शम्भु बहादुर तिमिल्सीना लायन गिता शर्मा चापागाइ लायन राम प्रसाद पराजुली देउराली का क्लब अध्यक्ष लायन मधाब प्रसाद रिजाल ,देउरली बुद्धल्यण्ड का अध्यक्ष लायन दिनेश पौडेल तथा अन्य क्लब का पदाधिकारीहरू उपस्थिती हुनुहुन्थ्याे । साथै, लायन्स क्लब्स इन्टेरनेसनल डिस्ट्रीक्ट ३२५ बि १ का डिपर्टमेण्ट चिफ लायन रत्न पराजुलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।