Logo जेठ ३, २०७८ सोमबार


यसरी छुटाउनुस मोबाइल र सामाजिक सञ्जालको लत

काठमाडौं । कुनै पनि काम गर्नका लागि एकाग्रता हुनु आवश्यकता हुन्छ । मानिस धेरै समय मोबाइल र सामाकिज सञ्जालमा व्यस्त हुन थालेपछि जरुरी कामका साथै दैनिक आवश्यक काममा पनि बाधा पुग्न थाल्छ । मोबाइलमा व्यस्त हुने मानिसले अन्य काममा ध्यान दिन सक्दैनन् ।

मोबाइल र सामाजिक सञ्जालका कारण अन्य काममा ध्यान जाँदैन भने यस्तो समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ । काममा ध्यान लगाउन यस्ता उपाय अपनाउन सकिन्छ :

–कामका लागि बढी समय छुट्टयाउने

पढाई वा अन्य कुनै पनि काम गर्दा मोबाइल चलाउन मन लाग्ने, सामाजिक सञ्जालमा नै बढी ध्यान जाने हुन्छ भने त्यो कामका लागि बढी समय लाग्न सक्छ । त्यसैले कामका लागि आवश्यक भन्दा बढी समय छुट्याउनु पर्छ ।

–काम शुरु गर्नुभन्दा पहिले नै मोबाइल चलाउने

काम गर्दा बीचबीचमा मोबाइलमा ध्यान जानाले काम पूरा नहुने वा ढिलो हुने हुन्छ । त्यसैले बीचमा ध्यान नजानका लागि काम शुरु गर्नुभन्दा पहिले नै मोबाइल चलाउनुपर्छ ।

–मोबाइललाई ‘डू नट डिस्टर्ब’मा राख्ने

जसले तपाइँलाई सँधै फोन वा म्यासेग गर्छ उसलाई आफू व्यस्त हुने अर्थात काममा हुने कुरा जानकारी गराउनुस । यसो गर्दा तपाईँलाई बीचमा उसको फोन वा म्यासेज आयो कि भन्ने खुलदुरी हुँदैन । यदि भन्न चाहनुहुन्न भने मोबाइललाई साइलेन्ट वा डु नट डिस्टर्बमा पनि राख्नु सक्नु हुन्छ । मोबाइललाई यसरी राखेपछि ढुक्कले काम गर्न सकिन्छ ।
यदि मोबाइललाई त्यतिकै छोडेर काम गर्न थाल्नुभयो भने फोन वा म्यासेज आएको थाहा पाएपछि हेर्न मन लागिहाल्न सक्छ त्यसैले पनि यो राम्रो उपाय हो ।

–थोरै एप्स मात्र राख्ने

मोबाइलमा थोरै र अतिआवश्यक एप्समात्र राख्ने कोशिस गर्ने । मोबाइलमा जति कम एप्स हुन्छ त्यति नै काममा बढी ध्यान दिन सकिन्छ । यदि सामाजिक सञ्जाल चलाउन नै चाहनुहुन्छ भने पनि एप्स नराखि ब्राउजरबाट चलाउनुस यसले गर्दा तपाइँको ध्यान सामाजिक सञ्जालमा कम जान्छ

–घर वा अफिस कहिँको पनि काम गर्नुभन्दा पहिले सामाजिक सञ्जालमा केही कुरा पनि पोष्ट नगर्नुस । यदि यसो गर्नुभयो भने तपाईँको ध्यान पोष्टमा कति लाइक कमेन्ट आयो के के आयो भन्ने कुरामा मात्र जान्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…