Logo जेठ ३, २०७८ सोमबार


नेता/कार्यकर्ता छुटाउन ‘कामचलाउ’ सरकारको उपयोग !

  • नरेश न्याैपाने/ टिप्पणी

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच अचानक अघि बढेको दुईपक्षीय वार्ताको पृष्ठभूमीबारे विभिन्न अड्कलबाजी बढेका छन् । स्वभाविक रुपमा आफैले प्रतिबन्ध लगाएको भूमिगत पक्षसँग वार्ताका लागि सरकार आफै अग्रसर भयो वा विप्लव समूह आफै तयार भयो भन्ने कोणबाट विभिन्न अनुमान भइरहेका हुन् । वास्तवमा चन्द समूह सरकारी पक्षले वार्ताका लागि अनुरोध गरेपछि प्रतिबन्ध फुकुवा, थुनामा रहेका आफ्ना नेता र कार्यकर्ता रिहा र मुद्दा फिर्ताको ग्यारेन्टी खोजिरहेको थियो ।

प्रतिबन्धपछिको २ वर्षमा आफ्ना २ हजार ८९ जना नेता र कार्यकर्ता पक्राउ परेकोमा अधिकांश रिहा भए पनि व्यक्ति हत्या, विस्फोट, आगजनीलगायत गम्भीर किसिमका कसुरमा संलग्न भएको आरोपमा १ सय ३३ जना पुर्पक्षका क्रममा विभिन्न कारागार अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहनु र तिनको रक्षा यो समूहको मुख्य उद्देश्य हो ।

त्यस्तै, पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली र अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेकाले संगठन निर्माण र संघर्षको परिचालनमा पार्टीले गम्भीर धक्का खाइरहेको र थप जटिलता भोग्नुपर्ने देखिएपछि नेताहरुको रिहाई यो समूहको अनिवार्य आवश्यकता बनेको देखिन्छ । जसका लागि सरकारसँग कुनै न कुनै किसिमको वार्ता गर्नुपर्र्ने र नेताहरुलाई हिरासत मुक्त बनाउनै पर्ने बाध्यता यो समूहलाई हुने नै भयो ।

उसो त विप्लव समूहको यस्तो बाध्यताजस्तै संसद पुनर्स्थापनापछि गम्भीर राजनीतिक संकटको सामना गरिरहेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका अघि पनि सरकार र आफ्नो समूहबारे जनतामा बढेको वितृष्णा घटाउन केही न केही नयाँ फण्डा गर्नु जरुरी थियो । विघटन गरिएको संसद पनर्स्थापनापछि राजनीतिमा नैतिकता गुमाउनु परेको, पार्टीको अल्पमत समूह भएकोले निर्वाचन आयोगको वैधानिक मान्यताको सम्भावना नरहेको, संसदमा अविश्वासको प्रस्ताब दर्ता हुने बित्तिकै कुर्सी त्याग्नुपर्ने अवस्था आउन लागेको र यसरी समग्रमा राजनीतिको किनारामा पर्ने आँकलन गरिरहेको ओली समूह हिंसाको राजनीतिक बाटो हिंडिरहेको विप्लव समूहलाई वार्तामा ल्याएर सकारात्मक सन्देश दिने प्रयत्न गरेको देखाउन खोजिरहेको लुक्दैन ।

यसरी आफ्नो गुम्न लागेको राजनीतिक साख जोगाउने नयाँ उपायका रुपमा ओली समूहले विप्लवसँगको वार्तालाई हतियार बनाउने र नेता कार्यकर्ताको जिन्दगीको रक्षा गर्न संक्रमणकालमा फसेको सरकारलाई उपयोग गर्ने विप्लव समूहको रणनीति नै चलिरहेको वार्ताको पृष्ठभूमी हो भन्नेमा दुईमत छैन् । विप्लव समूह वार्तामा आउनुको भित्री रणनीति नै नेता र कार्यकर्ताको रिहाई नै हो भन्ने कुरा वार्ताका क्रममा यो समूहले राजनीतिक एजेण्डा भन्दा बढी कार्यकर्ता रिहा छिटो गरिनुपर्ने विषयमा गरिरहेको जोडबाट पनि सहजै बुझ्न सकिन्छ ।

वार्तालाई निष्कर्शमा पूर्याउने दाबी गरिरहेको सरकारले पनि पुर्पक्षमा रहेका यो समूहका कार्यकर्ता रिहा गर्न प्रहरी र महान्यायाधिवक्ता कार्यालयमार्फत प्रक्रिया अघि बढाउने र यसका लागि अदालतबाट समेत सोहीबमोजिम प्रक्रिया थाल्ने लिखित प्रतिबद्धता जनाउने संकेत गरिसकेको छ । तर विप्लव समूहलाई प्रष्ट के थाह छ भने, ‘आफ्ना राजनीतिक एजेण्डामा यस्तो काम चलाउ सरकारले न केही गर्न सक्छ, न त केही गर्ने क्षमता राख्छ ।’ यसर्थ वार्ताका नाममा आफ्ना नेता र कार्यकर्तालाई हिरासतबाट छुटाउन विप्लव समूहले काम चलाउ सरकारको उपयोग गरिरहेको घटनाक्रमहरूले खुलाउने नै छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…