Logo बैशाख ३१, २०७८ शुक्रबार


दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन्।

दुबईको सिल्यान ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट–८ मेहलकुनाका रमेश बस्यालले बताउनुभयो । ‘पर्खंदापर्खंदै आठ महिना बितेको तर ‘जति आग्रह गर्दा पनि कम्पनी मालिकले पारिश्रमिक दिन नमानेको उनको भनाइ छ ।

पारिश्रमिक नपाएपछि बस्यालले युएईस्थित नेपाली राजदूतावासमा जानकारी दिन खोजे पनि दूतावासका कर्मचारीले सहयोग नगरेको गुनासो गरे। ‘गुनासो लिएर अबुधाबीस्थित नेपाली राजदूतावासमा पुग्दा कर्मचारीले कोरोना भाइरसको समस्या भन्दै लाइन बस्न दिँदैनन्,’ उनले भने, ‘युएईबाट सहयोग हुन नसकेपछि काठमाडौंमा रहेका विभिन्न निकायमा सहयोगको याचना गरिरहेका छौं।’

दुबईबाट पटकपटक अबुधाबी जान नसकिने उनी बताउँछन्। पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि ४ दिन जति बाँकी छ,’ उनले भने।

आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बस्यालको भनाइ छ । उनले आफ्नो मासिक पारिश्रमिक दुई हजार दुई दिराम (करिब ७० हजार रूपैयाँ) रहेको बताएको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…