Logo बैशाख ३१, २०७८ शुक्रबार


भावी रणनीति तय गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ आफ्नै निवास बूढानीलकण्ठमा देउवाले बैठक बोलाउनु भएको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार पार्टी पदाधिकारी तथा शीर्ष नेताहरुसँग छलफल गरेर शुक्रबारको संसदीय दलको बैठकबाट संसदमा पार्टीको भूमिकाबारे नीति तय गर्नेबारे सभापतिले तयारी गर्न लाग्नुभएको हो । आगामी सरकारमा सहभागिता हुने/ नहुनेबारे पार्टीमा दुई मत देखिएपछि देउवाले संसद पुनःस्थापनापछि दोस्रो पटक पदाधिकारी बैठक बोलाएर छलफल गर्न लाग्नुभएको हो ।

गएको १३ गते बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा विभाजनको प्रष्टता नभए तटस्थ बस्ने निर्णय गरेको थियो । तर संसदमा सरकार गठनको प्रक्रिया सुरु नहुँदै नेताहरु पक्ष/विपक्षमा विभाजित हुन थालेपछि देउवाले पार्टी धारणा एक बनाउन छलफललाई जोड दिएको बुझिएको छ ।

कांग्रेस स्राेतका अनुसार देउवाले पार्टीका पदाधिकारी, संसदीय दल र केन्द्रीय कार्यसमितिको छलफलबाट पार्टीको ठोस नीति बनाउने तयारी गर्नुभएकाे हाे । बुधबार सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच एकै मञ्चबाट फरक–फरक दृष्टिकोण आएपछि आगामी सरकार निर्माणमा कांग्रेसको भूमिकाबारे राजनीतिक वृत्तमा विभिन्न विश्लेषण हुन थालेका छन् ।

सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिनुभएको छ भने पौडेलले प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने बताउँदै आउनुभएको छ । पार्टी धारणा स्पष्ट पार्न शनिबारका लागि केन्द्रीय समिति बैठक बोलाउने पनि देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…