Logo जेठ ३, २०७८ सोमबार


बजारमा नक्कली कोरोना खोप, गिरोहका दर्जनौँ व्यक्ति पक्राउ

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कोरोना भाइरसविरुद्धको नक्कली खोप भित्रिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीन र दक्षिण अफ्रिकामा नक्कली खोप विक्री वितरणमा संलग्न गिरोहलाई पर्दाफास गरि केहीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

चीन र दक्षिण अफ्रिकाका प्रहरीले सञ्चालन गरेको अपरेशन मार्फत कोरोना भाइरसविरुद्धका हजारौँ डोज नक्कली खोप नियन्त्रणमा लिएका छन् । प्रहरीले नक्कली खोप गिरोहका दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले चीनमा नक्कली खोप बनाउने खोपमा छापा मारेर गिरोका ८० जनालाई पक्राउ गरेको छ । त्यहाँबाट प्रहरीले कम्तीमा तीन हजार डोज नक्कली खोप बरामद गरेको छ ।

यस्तै दक्षिण अफ्रिकाको गाउतेङमा रहेको गोदामबाट प्रहरीले तीन चिनियाँ तथा एक जिम्बाबेका नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले नक्कली खोपका २४ सय डोज बरामद गरेको छ ।

बुधबार इन्टरपोलले वक्तव्य जारी गरेर नक्कली खोपका अरु गिरोह पनि रहेको सूचना पाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…