मनाेरम इन्द्रशराेवर तालकाे महिमा र गरिमा (फाेटाेफिचर)

मकानपुर । मकवानपुर जिल्लामा अवस्थित कुलेखानी जलविद्युत परियाेजनाले समग्रमा नेपालकाे विद्युत क्षेत्रमा विशेष महत्व राख्ने गर्दछ । जलविद्युतका लागि निर्माण गरिएकाे इन्द्रशराेवर ताल विसं. २०३८ मा निर्माण गरिएकाे हाे । इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करीब ९७ मिटर छ । याे परियाेजना निर्माणकाे चरणबाट नै ६० मेगावाट बिद्युत अनवरत उत्पादन गरिरहेकाे छ ।
यस सरोवरमा सञ्चित पानीबाट सुख्खायाममा विद्युत् उत्पादन गर्न सकिन्छ ।
कुलेखानी बाँधबाट छ किलाे मिटर सुरुङमार्फत लगिएको पानीले धुर्सिङमा ६० मेवा विद्युत् निकालिन्छ । आयोजनाको विद्युत्गृह सोही स्थानको ढोकाफेदीमा भूमिगत रहेको छ ।
तालमा पानीको सतह समुद्री सतहबाट एक हजार ५ सय ३० मिटरसम्म पनि पुग्नेगर्छ। सो अवस्थामा पानीको गहिराइ १०७ मिटर हुन्छ ।
मनोरम तालले गर्दा राजधानीबाट फर्पिङ हुँदै कुलेखानीको यात्रा अनि दामनको यात्रामा यसको सुन्दरताले मोहित नहुने कमै होलान् ।