Logo बैशाख २९, २०७८ बुधबार


वृद्धभत्ता मासिक ५ हजार !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सयबाट सुरु भएको वृद्धभत्ता केही समयमा नै ५ हजार पुर्याउने उद्घोष गर्नु भएको छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीमा शिलान्यास गर्दै उहाँले २०५१ सालमा १ सय रुपैयाँबाट शुरु भएको वृद्धभत्ता केही समयमै ५ हजार पु¥याउने बताउनु भएको हो । प्रधानमन्त्री ओलीले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देख्न नखोज्नेहरूले धमाधम भइरहेको विकास निर्माणलाई नदेखको आरोप लगाउनुभयो । पार्टी भित्रैका केहि नेताहरुको सरकारको काम नदेखेपनि जनतलाई कसैले अलमल्याउन नसक्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले अहिलको कम्युनिष्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको समेत बताउनुभयो ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध मधेशबारे भ्रम फैलाइएको बताउनु भयो । उहाँले आफू मधेशसहित मुलुकको समग्र विकासको बाटोमा रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…