Logo बैशाख २८, २०७८ मंगलबार


‘विधि, पद्धति र मान्यताको पक्षमा दृढतापूर्वक उभिन्छु’

काठमाडौं । अनौपचारीक रुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संसदीय राजनीतिको सरगर्मी बढिरहेका बेला पार्टी नेतृ तथा संघीय सांसद गंगा चौधरीले आफू कम्युनिष्ट पाटीको मूल्य, मान्यता र विधिको पक्षमा निष्ठापूर्वक उभिने प्रष्ट पार्नुभएको छ । चौधरीले विघटित संसद पुन:स्थापना गरेर सर्वोच्च अदालतले जनतालाई न्याय दिलाएको र न्याय कहिल्यै नमर्ने आभास भएको पनि उल्लेख गर्नुभयो ।

आगामी २३ गते बोलाइएको संसद बैठक अघि नेकपाका दुवै समूहले सांसदको अंकगणित केलाइरहेका बेला नेतृ चौधरीले आफू निरन्तर पार्टी एकताको पक्षमा लागिरहेको र अन्य सांसदलाई पनि यस अभियानमा सहभागि हुन अनुरोध गरिरहेको बताउनुभएको छ । नेकपाका अधिकांश सांसदहरुले आफ्नो कित्ता प्रष्ट पारिसकेको बेला तपाइँ कुन कित्ताको भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘म नेकपा एकताको कित्तामा छु, यो कित्तामा उपाध्यक्ष वामदेव गौतम, उहाँको परिवार, नेताहरु जनार्दन शर्मा र भपट रावल लगायतका हामी सांसदहरु छौं । हाम्रो अन्तिम प्रयास पार्टीलाई एकढिक्का बनाउने हो ।’

तपाइँको पार्टीमा संसद बैठकको आह्वान भएपछि सांसद नै खरिद बिक्रीको खेल शुरु भयो भन्ने सार्वजनिक भइरहेको छ नि ? भन्ने जनतासमाचारको जिज्ञासामा चौधरीको भनाइ छ, ‘खै मैले पनि त्यस्तै सुनिरहेको छु तर मलाई व्यक्तिगत रुपमा यसबारे कुनै थाह छैन । बरु पहिले जति फोन गर्दा पनि एक डेढ महिनासम्म फोन नउठाउने नेताहरुले अहिले भेट्न बोलाइरहेको चाहीँ सत्य हो तर म कतै भेट्न गएकी छैन ।’ आफू कसैको पदको प्रलोभनमा नपर्ने, कम्युनिष्ट पार्टीको मूल्य, मान्यता र आदर्शमा उभिने र आफूलाई जनताले गरेको विश्वासमाथि कुठाराघात नगर्ने नेतृ चौधरीको भनाइ छ ।

एक अर्को प्रश्नमा चौधरीले वर्तमान सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गरेर निकै राम्रो काम गरेको उल्लेख गर्नुभयो । उहाँले जनताको मतबाट निर्वाचित थारु समूदायका नेता रेशम चौधरीसँग पनि सरकारले वार्ता गरी राजनीतिको मूलधारमा ल्याउनुपर्ने माग गर्नुभयो । चौधरी नेकपामा विभाजनको रेखा कोरिएको दिनदेखि नै संसद विघटनको विरुद्दमा र पार्टी एकताको पक्षमा सार्वजनिक रुपमा बोल्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…