Logo बैशाख ६, २०७८ सोमबार


कत्तिकाे ‘मिनिङफुल’ बन्ला भुसाल-पोखरेल संवाद ?

नरेश न्यौपाने / टिप्पणी

काठमाडौं । औपचारिक विभाजनको पर्खाइ कुरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुरानै लयमा फर्काउने प्रयत्न झिनो स्वरुपमा फेरि शुरु भएको छ । अलग-अलग जनसभा, भेला, बैठक र छलफल उत्कर्षमा पुगे पनि संसद पुनर्स्थापनापछि नेकपा एकताको सुक्ष्म अपेक्षा गरिरहेका नेता/कार्यकर्ता र शुभचिन्तकहरुको केही मात्रामा भएपनि यसले ध्यान खिचेको छ ।

तर नेकपा एकताको सम्भावनाबारे पार्टीको शीर्ष तहमा भने खोजी भएको होइन । पार्टीका दोस्रो पुस्ताका नेताहरु घनश्याम भुसाल र शंकर पोखरेल बसेर एकताको कतै सम्भावना छ कि भन्दै सकारात्मक गुन्जायस दिन खोजेका मात्रै हुन् । उसो त आज नेकपा विभाजन हुँदा नेपालको कम्युनिष्ट आन्दोलनले नै दीर्घकालसम्म क्षति बेर्होनुपर्ने आँकलन गर्दै खासगरी दोस्रो तहका केही नेता पार्टीमा विवादको बिजारोपण भएको बेलादेखि नै मिलाउने मामिलामा बढी सक्रिय बन्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहमा रहेका नेताहरुमध्ये मनदेखि चाहँदा एकताका लागि भूमिका निर्वाह गर्नसक्ने विभिन्न नेताहरुसँग भुसालले पार्टीलाई फुटबाट बचाउन र ओलीलाई सम्झाउन बारम्बार आग्रह गरिरहेको सार्वजनिक पनि भइरहने गरेकै छ । पार्टी सचिवालयको बैठकमा नेताहरुबीच पानी बाराबारको अवस्था सिर्जना भएका बखत बढ्ने भुसालको सक्रियताले राजनीतिलाई अर्को ठाउँमा अवतरण गराउँदै आएको विगत पनि छ । तर यो पटकको विवादमा भने भुसालहरुले चाहेजस्तो राजनीतिको गाँठो फुकेर नयाँ ठाउँमा अवतरण हुने सम्भावना न्यून देखिन्छ ।

पार्टीका अलग-अलग कमिटी बनिरहेका छन् । एक पक्षले अर्को पक्षका कार्यकर्तालाई कारबाही जारी राखेको अवस्था छ । सरकार पक्ष संसद विघटन र त्यसको पुनर्स्थापनापछि रक्षात्मक अवस्थामा देखिन्छ भने अर्को पक्ष उत्साहित छ । ओलीको संसद विघटनको कदम एक प्रकारको प्रतिगमन भएको, गणतन्त्रका आधारभूत मान्यताबाट उनको समूह भाग्दै गरेको र कम्युनिष्ट विचार, मान्यता, विधि र आदर्शबाट ओली च्यूत हुँदै गएको  दाहाल-नेपाल समूहको निष्कर्श छ । त्यस्तै, ओली समूहले पनि ओलीलाई केवल प्रधानमन्त्रीको कुर्सीबाट हटाउन  र दाहाल- नेपाल नेपाल लगायतका नेताहरु लागेकाले जनताको कम्युनिष्ट पार्टीमाथिको विश्वास नै संकटमा पर्न लागेको दाबी गर्दै आएको छ ।

यद्यपि नेकपाका दुवै समुह व्यवहारत: अलग-अलग बाटो लागिसकेको, एक अर्काप्रति विश्वासमा गम्भीर खाडल पैदा भएको, तुच्छ गाली गलौजमा उत्रिरहेको र प्रतिगमन वा अग्रगमनको नाममा आरोप/प्रत्यारोप गरिरहेका भएपनि एकताको प्रयास जारी रहनु भने अत्यन्तै सकारात्मक विषय हो । तर दोस्रो तहका दुई नेताबीचको यो सामान्य भेटघाटले मात्रै त्यो कत्तिको सम्भव होला ? र यो भेटघाटले तय गर्ने बाटो के होला ? त्याे भने हेर्न बाँकी नै छ ।

छलफलमा के भयो ?

स्रोतका अनुसार दुईजनाबीचको छलफलको प्रारम्भमा पार्टी एकताको सम्भावना जिवित रहेको औल्याउनु हुँदै नेता भुसालले पार्टीको ‘करेन्ट नेतृत्व फेरौं र पुन: एकताबद्ध बनौं’ भन्दै पोखरेललाई भूमिका खेल्न प्रस्ताव गरेका थिए । भुसालले यसरी राखेको प्रस्तावलाई नेता पोखरेलले प्रधानमन्त्री ओलीलाई सुनाएको र यस खालको क्रियाशिलताले खासै अर्थ नराख्ने भए पनि पोखरेललाई भुमिका खेल्न भनिए पछि दुई जनाबीच बिहीवार दिउँसो सामान्य भेटघाट भएको हो ।

सिंहदरवारस्थित संसद सचिवालयमा पुग/नपुग एक घण्टा चलेको छलफलमा भुसालले हाल पार्टीको नेतृत्वमा रहेका ओलीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसहितको अध्यक्षमण्डलको प्रस्ताव गरे । यसो गर्दा सबैले पालैपालो अध्यक्षता गर्ने तर सचिवालयका रुपमा हाल स्थायी कमिटीमा रहेका क्रियाशीलता नेताहरुको टिम बनाएर त्यसले सक्रियता प्रदर्शन गर्ने अथवा पार्टीको समग्र व्यवस्थापकीय नेतृत्व गर्ने भुसालको प्रस्ताव छ ।

पार्टी एकताको लागि भुसालले गरेको प्रस्तावमा पोखरेलले पनि सहमति जनाएका छन् । नेताहरुबीच छलफललाई जारी राख्ने सहमति पनि बनेको छ । केही समय यता भुसाल र पोखरेलसहित स्थायी समिति सदस्यहरु योगश भट्टराई, जनार्दन शर्मा र वर्षामान पुनबीच पनि एकताको सम्भावना र विभिन्न विकल्पमाथि भिन्नाभिन्नै छलफल चलिरहेका छन् ।

शीर्ष नेताहरुबीच परामर्श बन्द भएको, ओली सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर नयाँ सरकार निर्माण गर्ने प्रयास अघि बढेको र दुवै समूह संसदीय अंकगणितमा सक्रिय बनिरहेका बेला दोस्रो तहका नेताहरुले चलाएको एकताको बहस अर्थपूर्ण छ । युवा नेताहरुले यस्तो बहसबाट युवा पुस्ता एकताको पक्षमा दृढ रहेको र यसलाई जोगाउन सकेको भूमिका निर्वाह गर्ने सन्देश पनि प्रवाह गरेका छन् । यद्यपि यो शुरुवात कत्तिको ‘मिनिङफुल’ हुन्छ, त्यो भने सन्निकटबाटै शुरु हुने राजनीतिक घटनाक्रमहरुले बताइहाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।